काठमाडौँ – नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले सञ्चारमन्त्रीले पोखरामा दिएको अभिव्यक्तिका विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताएका छन् ।


ADVERTISEMENT


मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकमीसंग कुरा गर्दै पौडेलले सरकारका प्रवक्ताजस्तो व्यक्तिले आईजीपीको जिब्रो थुत्नुपर्ने अभिव्यक्ति दिनु गलत भएको भन्दै सम्बन्धित पक्षलाई बोलाएर छानविन गरि प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


असभ्यतातर्फ समाजलाई लैजाने क्रियाकलापले सुखी नेपाली समृद्ध नेपालको नारा फगत नारामै सीमित हुने उनले बताए । त्यस्तै पौडेलले गण्डकी प्रदेशमा मन्त्रीको पद नै बिक्रिका विषयमा आएका विषयमा कांग्रेस र एमाले मुछिएकाले उक्त दलहरुले प्रष्ट पार्नुपर्ने धारणा राखे । पदको किनबेज जस्तो मजाक जनताको बीचमा गर्न नपाइने उनले बताए ।

नेकपा एमालेका नेता राजेन्द्र राईले सञ्चारमन्त्रीले जिब्रो थुत्नुपर्ने अभिव्यक्ति दिएजस्तो नलागेको भन्दै त्यसो भनेको भए निकै गलत कुरा भएको बताए । जनताको प्रतिनिधिले त्यस्तो भन्न नमिल्ने उनको भनाइ छ ।

आईजीपीको जिब्रो थुत्नुपर्ने अभिव्यक्तिका बिषयमा सञ्चारमन्त्रीको विरोध भइरहेको छ ।