काठमाडौँ – भक्तपुरको दत्तात्रय मन्दिरमा तीजको अवसरमा दर्शनार्थीको घुइँचो लागेको छ ।


ADVERTISEMENT


महिला भक्तजनहरुको बिहानैदेखि दत्तात्रय मन्दिर घुइँचो लागेको हो । भगवान दत्तात्रय भगवान शिवका गुरु हुन् । धार्मिक विधि अनुसार गुरु अर्थात दत्तात्रयको दर्शन गरेपछि मात्रै शिवको दर्शन तथा पूजा गर्नु पर्ने कथन रहेको छ ।


ADVERTISEMENT

# # #


दर खाएपछि औपचारिक रुपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन, गणेश भगवान्को पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।