काठमाडौँ– नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानाको राजीनामा मागेको छ ।


ADVERTISEMENT


आज पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी बैठकले उपसभामुखले विभिन्न व्यक्तिको नाम उल्लेख गरेर अमेरिकी दूतावासलाई अन्तर्वार्ताको मितिका लागि पत्र लेख्ने कामले सदनको शिर निहुराएको ठहर गर्दै राजीनामा मागेको हो ।


ADVERTISEMENT

# # #


बैठकले उपसभामुखमाथि प्रश्न उठेकाले मार्ग प्रशस्त गर्न उपयुक्त हुने निष्कर्ष निकालेको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए । यस विषयमा सत्ता गठबन्धनको साझा धारणा बनाएर यस सन्दर्भमा चाँडै संसदीय दलको बैठक बस्ने उनले बताए ।

‘कांग्रेसको बैठकअघि सत्तारुढ दलहरुसँग छलफल गरेर साझा धारणा बनाएर अघि बढ्छौं । यो उहाँमाथि गम्भीर प्रश्न उठेको छ । उहाँले त्यस्तो कुनै सिफारिस गर्ने मिल्दैन । त्यसले संसदलाई नै अपमानित गरेको छ । यसले मुलुकको शिर झुकाएको कांग्रेसको बुझाइ छ’, घिमिरेले भने ।