काठमाडौँ– चर्चित हास्य कलाकार शुलेमान शंकर ‘इकु’ पकउ परेका छन् ।
उनलाई कलाकार भिषामा क्यानडा, अष्ट्रेलिया तथा युरोपेली मुलुक पठाउँछु भन्दै ठगी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मंगलबार बुढानीलकण्ठबाट पक्राउ गरेको हो ।
४० वर्षीय इकुमाथि युरोपका विभिन्न देशमा आयोजना हुने सांस्कृतिक कार्यक्रममा आवश्यक पर्ने कलाकारका लागि कलाकार भिसामा लैजानेभन्दै प्रति व्यक्ती १५ देखि २० लाख रुपैयाँसम्म लिएको आरोप भएको सीआईबीका एसपी तथा प्रवक्ता होविन्द्र बोगटीले बताए ।
बोगटीका अनुसार युरोपका लागि आवश्यक बैंक स्टेटमेन्ट पनि नक्कली बनाएर फसेका पिडितहरुले भिषाको मिति बारे सोधपुछ गर्दालामो समयसम्म झुलाई सम्पर्कविहिन भएपछि पैसा लिइएका व्यक्तिहरू जान नपाएपछि प्रहरी सम्पर्कमा पुगेका थिए।
हाल पक्राउ इकुविरुद्ध ठगीको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।



























































