ढोरपाटन (बागलुङ)– गलकोट नगरपालिका–२ भुङ्खानीमा जीप दुर्घटना हुँदा थाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढासहित तीन जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


बागलुङ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार, गलकोटतर्फ गइरहेको जीप आज बिहान पौने ९ बजे दुर्घटना भएको हो ।


ADVERTISEMENT

# # #


मृत्यु भएका अन्यको भने सनाखत हुन बाँकी रहेको पौडेले बताए । दुर्घटनामा एक पुरुष घाइते भएका छन् । उक्त गाडीमा पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा र केही कर्मचारीहरु सवार थिए ।