विराटनगर– कोशी प्रदेशसभामा नवनियुक्त कांग्रेसका ४ मन्त्रीले शपथ लिएका छन् । कांग्रेसले खोटाङका भूपेन्द्र राईको नेतृत्वमा १ राज्यमन्त्रीसहित ३ जना मन्त्री पठाएको हो ।
जसमा राई भौतिक पूर्वाधारमन्त्री, सुनसरीका सदानन्द मण्डल पर्यटन, वन तथा वातावरणमन्त्री र ताप्लेजुङका खगेनसिङ हाङगाम उद्योग, कृषि तथा सहकारीमन्त्री नियुक्त भएका छन् । योसँगै हिक्मतकुमार कार्की नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।
आन्तरिक विवादका कारण कांग्रेसले मन्त्री छान्न नसक्दा लामो समय मन्त्री परिषद् सञ्चालन हुन नसकेको कोशीमा प्रदशेमा अब भने नयाँ सत्ता गठबन्धनको १० सदस्यीय मन्त्रिपरिषद् बनेको छ ।



























































