काठमाडौं-बाम गठबन्धनले एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बनाउने निर्णय गर्दै राष्ट्रपति विद्या भण्डारीसमक्ष दावी पेश गरेको छ ।


ADVERTISEMENT


राष्ट्रपति भण्डारीले आजै ओलीलाई प्रधानमन्त्रीको सपथ खुवाउने तयारी भइरहेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । एमाले नेताहरुले पनि आज नै प्रधानमन्त्रीको रुपमा ओलीको नियुक्ति तथा सपथ हुन सक्ने बताएका छन् । स्रोतका अनुसार बिहीबार ४ बजेका लागि प्रधानमन्त्रीको सपथको तयारी भइरहेको छ ।


ADVERTISEMENT

# # #


यसैबीच, राष्ट्रपति विहिबार बिहान ११ बजे पाथिभरा जाने कार्यक्रम तय भएको थियो । तर, आजलाई उक्त कार्यक्रम रद्द गरिएको पनि राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । निर्वाचन आयोगले चुनावी परिणाम बुझाएलगत्तै बाम गठबन्धनलाई नयाँ सरकार गठन प्रकृया अघि बढाउन सहज भएको हो ।

आयोगले हिजो साँझ निर्वाचन परिणाम राष्ट्रपतिलाई बुझाएलगत्तै बाम गठबन्धनको बैठक बसेर बिहिबार नै सरकार गठनका लागि राष्ट्रपतिलाई पत्र पठाउने निर्णय भएअनुसार आज बिहान प्रधानमन्त्रीका लागि दावी पेश गरिएको हो । एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिहीबार बिहान बहुमतको दावीसहितको पत्र बोकेर राष्ट्रपति कार्यलय शीतलनिवास पुगेका थिए ।

बाम गठबन्धनले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीका लागि सिफारिस गर्दै राष्ट्रपतिलाई पत्र बुझाएको राष्ट्रपति कार्यालयले जनाएको छ । बुधबारै एमाले स्थायी समिति बैठक बसेर अध्यक्ष ओलीलाई प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरेको थियो ।

२७५ सदस्यी प्रतिनिधिसभामा बाम गठबन्धनको सुविधाजनक बहुमत छ ।