धनगढी — प्रदेश सातको मुख्यमन्त्रीमा माओवादी केन्द्रका नेता त्रिलोचन भट्टलाई नियुक्त गरिएको छ । उनी केही दिनअघि माओवादी केन्द्रको संसदीय दलको नेतामा सर्वसम्मत भएका थिए ।


ADVERTISEMENT


बिहीबार बिहान १२स्३० बजे प्रदेश प्रमुख मोहनराज मल्लले बहुमत प्राप्त दलको नेताका रुपमा भट्टलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। संविधानको धारा १६८ को उपधारा दुई वमोजिम प्रदेश प्रमुख मल्लले भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।


ADVERTISEMENT

# # #


डोटीको प्रदेश निर्वाचन क्षेत्र ख बाट माओवादी केन्द्रको टिकटमा निर्वाचन जितेका भट्टले बुधबार ३७ जना सांसदको हस्ताक्षर सहित मुख्यमन्त्रीका लागि दाबी पेश गरेका थिए। प्रदेश ७ मा एमालेका २५ र माओवादी केन्द्रका १४ गरि दुई तिहाइ बहुमत रहेको छ।

मुख्यमन्त्रीमा नियुक्त भट्टको पद तथा गोपनियताको सपथ फागुन ५ गते दिउँसो ३ बजे हुन प्रदेश प्रमुख कार्यालयले जानकारी दिएको छ। मुख्यमन्त्रीसँगै सानो आकारको मन्त्रीमण्डल समेत गठन हुने जानकारी दिइएको छ।