काठमाडौं – एमाले संसदीय दलको नेतामा अध्यक्ष केपी शर्मा ओली चयन भएका छन् ।
बिहीबार एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संंसदीय दलको बैठकले ओलीलाई सर्वसम्मत रुपमा नेता चयन गरेको हो ।


ADVERTISEMENT


बैठकमा एमाले नेता माधवकुमार नेपालले ओलीलाई संसदीय दलको नेता चयन गरियोस् भन्ने प्रस्ताव राखेका थिए । ओली बिहीबार नै प्रधानमन्त्री नियुक्त भइसकेका छन् ।


ADVERTISEMENT

# # #