–विक्रान्त पाण्डे, बिमा विज्ञ


ADVERTISEMENT


काठमाडौँ– नेपालीको महान् चाडपर्व दशैं, तिहार र छठ नजिकै आई सकेको छ । हरेक वर्ष यस समय लाखौं मानिसहरु उपत्यका छाड्ने र भित्रिने गर्छन् ।


ADVERTISEMENT

# # #


यातायातका विभिन्न माध्यम भएता पनि आम लाखौं मानिस सडक यात्रा गर्छन् । हाम्रो देशमा सडक यात्रा अन्य विकसित मुलुकको तुलनामा बढी जोखिमयुक्त छ । हाम्रो राजमार्गको अवस्था खराब छ । सुरक्षाका उपायहरु न्यून छन् । जोखिम न्यूनीकरण गरिएको छैन ।

यस्तो किसिमको परिस्थितीमा चालकको लापरवाही, मादक पदार्थ सेवन, धेरै पुराना र बिग्रिएका सवारी साधनले त झन् आगोमा घ्यु थपे झैं जोखिमलाई झन् बढाउने कार्य गर्छ ।

सडक दुर्घटनाका कारण अकालमा हजारौंले वर्षेनी आप्नो अमूल्य जीवन गुमाउँछन् । करौडौंको आर्थिक घाटा भइरहेको छ । यसर्थ यसपाली सुरक्षाका सम्पूर्ण उपायहरु अपनाइयोस् । जोखिम न्यूनिकरण बेलामै गरियोस् । सबै सरोकारवाला पक्ष जागरुक भएमा अवश्य हुन्छ । सडक दुर्घटनामा हजारौंले ज्यान गुमाउने गर्छन् ।