झापा–मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको विरोधमा उनका झापा बन्द गराउन खोजेका छन् । सो क्रममा उनीहरुले सवारीसाधन समेत जलाएका छन् ।


ADVERTISEMENT


उनका समर्थकले झापाका छुट्टा(छुट्टै ठाउँमा भारतीय नम्बर प्लेटका ३ वटा ट्रकमा आगजनी गरेको प्रहरी स्रोतले बताएको छ । यद्यपि झापामा यातायात बन्दको आव्हान गरे पनि बन्द प्रभावहीन भएको छ ।


ADVERTISEMENT

# # #


व्यवसायी प्रसाईंलाई पक्राउ गरेको विरोधमा बन्द आव्हान गरिएको भए पनि सवारीका साधन निर्बाध चलेका छन् । बिहान भने कहिबेर बन्दको प्रभाव परेको थियो । प्रसाईं पक्राउ परेको विरोधमा आव्हान गरिएको बन्दका क्रममा उनका समर्थकहरूले राती भने ३ वटा भारतीय ट्रकमा आगजनी गरेका छन् ।

उनीहरूले यूपी –५७ एटी–४४९३ नम्बरको मालवाहक ट्रकमा आगो लगाइएको प्रहरीले जनाएको छ । ६ वटा मोटरसाइकलमा आएका प्रसाईँको समर्थकले कच्चा पदार्थ बोकेको ट्रकमा आगजनी गरेका हुन् ।

उनीहरूले डब्लूबी–७३–ई–३०५७ नम्बरको खाली ट्रकमा पनि आगो लगाएका छन् । यसै गरी उनका समर्थकहरूले झापाको धाइजनमा डब्लूबी–७३–ई–३०५६ नम्बरको भारतीय ट्रकमा आगजनी गरिएको छ । प्रहरीका अनुसार आइतबार राति ३ वटै ट्रकमा प्रसाईँका समर्थकले आगजनी गरेका हुन् । हाल उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

साइबर ब्यूरोको केशमा बी एन्ड सी अस्पतालका सञ्चालक प्रसाईं आइतबार पक्राउ परेका हुन् । उनको पक्राउ लगत्तै समर्थकहरुले झापा बन्दको आह्वान गरेको थियो । प्रसाईंलाई रिहा गर्नुपर्ने मागसहित आन्दोलनमा उत्रिएकामध्ये २ जना समर्थकलाई प्रहरीले आइतबार भने  पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका झापा जिल्ला संयोजक रामचन्द्र मैनाली र नागरिक प्रतिरक्षा बल (पीडीएफ) का मेची अञ्चल संयोजक दुरेन राई रहेका छन्।