काठमाडौँ– नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड मा प्रमूख कार्यकारी अधिकृतको रुपमा कार्यरत राम बहादुर यादवलाई संचालक समितिले पुनः अर्को कार्यकालको लागि नियुक्त गरेको छ ।


ADVERTISEMENT


उनलाई चार बर्षका लागि नियुक्ति गरिएको हो । लघुवत्त संस्थाहरुमध्ये सानो समयमा अबल संस्थाको रुपमा पहिचान बनाउन सफल यस संस्थाले ३ बर्ष भित्रमा सर्वसाधारणमा शेयर जारी गरी ३५ प्रतिशत लाभांस वितरण गर्न सफल भएको छ ।


ADVERTISEMENT

# # #


हाल संचालनको ३ बर्ष ७ महिनाको अवधि सम्ममा ४० वटा शाखा कार्यालयहरु मार्फत ३२ जिल्लाका ५५ हजार भन्दा बढी विपन्न परिवारलाई यसले सेवा पुर्याउँदै आएको छ ।

लगानीमा रहेको कर्जा करिव रु.२ अर्व र वचत रु. ५५ करोड पुर्याएको छ । स्थापनाको प्रथम बर्ष देखि नै राम्रो मूनाफा गर्न सफल यस संस्थाले यस आ.व.को माघ मसान्त अर्थात सात महिना सम्ममा रु.ठ करोड मूनाफा गरेको छ ।