काठमाडौँ– एनएमबि बैंकले बुद्ध भिसा डेबिट कार्ड होल्डरहरूको लागि चाडपर्वमा बुद्ध एयरको वेब साइटबाट फ्लाईट टिकट काट्दा १०% क्यास ब्याक, अधिकतम रु. ५०० सम्म दिने घोषणा गरेको छ ।
चाडपर्वको समयमा, बैंकले ग्राहकहरूको यात्रामा सजिलो होस भन्ने सहकार्यको लागि सो अफर घोषणा गरेको हो ।
यो अफर छठ सम्मको लागि लागू हुने बैंकले जनाएको छ । यसले ग्राहकहरूलाई बचतको लाभ लिन पनि प्रोत्साहित गर्ने बैंकको विश्वास छ । अफरबारे थप जानकारीका लागि बैंकको कल सेन्टर ०१५९७०१७० वा नजिकैको शाखामा सम्पर्क गर्न सकिनेछ ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १८७ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।



























































