काठमाडौँ– ह्याम्स अस्पतालका अध्यक्ष आर.एस भण्डारी मेडिकल क्षेत्रमा चिरपरिचित व्यक्तित्व हुन् । नयाँ एवम् आधुनिक उपचार पद्वतिका चित्र्याएर वरिष्ठ चिकित्सकहरु मार्फत उपचार सेवा दिदैँ आएका भण्डारीको अब कृषिसंग पनि जोडिएको छ ।
भण्डारी परिवारले १० करोड लगानीमा अहिले आफ्नै जन्मथलोमा अत्याधुनिक प्रविधिबाट व्यावसायिक रुपमा कुखुरापालन(पोल्ट्री) व्यावसाय सञ्चालन गरेका छन् । सञ्चालनको अन्तिम तयारीमा रहेको उक्त पोल्ट्री फर्म दशैँपछि नै सञ्चालनमा आउने उनले बताए ।
६० हजार कुखुरा पालनको लागि आधुनिक खोर (क्लोज हाउस) निर्माणको अन्तिम चरणमा रहेको पोल्ट्री मार्फमा एक पटकमा ५० हजा कुखुरा उत्पादन हुनेछ ।
नेपालको भौगोलिक र हावापानी सुहाउँदो कुखुरापालन व्यवसाय नहुँदा कुखुरापालन व्यवसाय फस्टाउन नसकेकाले आफूले नेपालमा भारतलगायत अन्य देशका कम्पनीहरुबाट सामग्री ल्याएर क्लोज हाउस निर्माण गरी जर्मनी प्रविधिको आधुनिक खोर निर्माण गरेको उनको भनाई छ ।
वातनुकुलित प्रविधिबाट निर्माण गरिएको खोरमा कुखुराको उमेर समुह अनुसारको तापक्रम स्वचालित रुपमा प्राप्त हुने गरी खोर निर्माण गरिएको सिन्धु पोल्ट्री फर्मका अध्यक्ष प्रेम भण्डारीले जानकारी दिए ।
यसरी आधुनिक प्रविधिबाट उत्पादन भएको सबै कुखुरा धादिङको धुनिबेसिमा रहेको अत्याधुनिक तथा नेपालकै सबैभन्दा ठुलो पोल्ट्री प्रोसेसिङ उद्योग के.बी एग्रो एण्ड रिसर्च सेन्टरले खरिद गर्ने भएको छ ।