उदयपुर – सप्तकोशीमा निर्मित कोशी ब्यारेजमा बस खसेको छ । विराटनगरबाट उदयपुरको गाईघाटतर्फ जाँदै गरेको को २ ख ४६०१ नम्बरको बस कोशी ब्यारेज पुलको ३५ नम्बर ढोकाबाट नदीमा खसेको हो ।


ADVERTISEMENT


खसेको बसबाट २० जना यात्रुको उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । बसमा कति जना सवार थिए भन्ने यथार्थ जानकारी आइसकेको छैन ।


ADVERTISEMENT

# # #


तीव्र गति गुडिरहेको बस चिप्लिएर खसेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।