काठमाडौँ – प्रतिकूल मौसमका कारण देशभर आन्तरिक उडान प्रभावित भएका छन् ।
लगातारको वर्षाका कारण भिजिबिलिटी कम हुँदा आजका उडानहरू बिहानैदेखि प्रभावित भएका हुन्। आजको माउन्टेन फ्लाइटहरु सबै रद्द भएका छन् ।
लगातारको वर्षाले भिजिबिलिटी कम भएपछि भद्रपुर, पोखरा, भरतपुर, विराटनगर, तुम्लिङटार, सुर्खेतसहितका विमानस्थल खुलेको छैन ।
काठमाडौंबाट सो ठाउँमा जान हिँडेका यात्रुहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै अड्किएका छन् । उडान सुचारु नहुँदा विमानस्थलमा यात्रुको भीड बढेको छ।


























































