सिन्धुली–सभामुख ओनसरी घर्तीले संविधानको प्रभावकारी कार्यान्वयन आज राष्ट्रको महत्वपूर्ण कार्यभार भएको बताएकी छन् ।


ADVERTISEMENT


सिन्धुलीमाढीमा नेपाल रेडक्रस सोसाइटी केन्द्रीयसभाको ४६ औंँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभामुख घर्तीले संविधान कार्यान्वयनबाट नै जनताका अधिकार सुनिश्चित हुने भएकाले यसमा सबैको सहभागिता जरुरी रहेको बताइन् ।  उनले संविधानमा उल्लेख गर्न नसकिएका विषय वार्ता र संवादको माध्यमबाट संविधान संशोधनको प्रक्रियाबाट हल गर्न सकिने बाटो समेत संविधानले दिएकामा सम्बन्धित सबैको ध्यानाकर्षण गराइन्।


ADVERTISEMENT

# # #


उनले स्वतन्त्र र निष्पक्ष निर्वाचन गर्न आवश्यक वातावरणको निर्माण गर्न पनि सरकारसँग आग्रह गरीन् । अर्को प्रसङ्गमा सभामुखले रेडक्रस कानुन निर्माणमा सरकार र सम्बन्धित पक्षको सकारात्मक सहयोग पुग्ने विश्वाससमेत दिलाइन्।