काठमाडौँ – धादिङ र काठमाडौँको सिमानामा पर्ने धादिङको धुनिबेंसी नगरपालिका–९ झ्याप्लेखोलाको पहिरोमा कम्तिमा ३५ जनाको ज्यान गएको छ ।


ADVERTISEMENT


पहिरोले पुरिएका सवारीबाट शनिबार रातिसम्म १४ शव निकालेको उद्धार टोलीले आइतबार थप २१ जनाको शव निकालेको हो । अहिलेसम्म उक्त स्थानमा गएको पहिरोमा परी ३५ जनाको शव फेला परेको धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले बताए ।


ADVERTISEMENT

# # #


शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल ल्याइएको छ । पुरिएका सवारीसाधन टुक्रा टुक्रा भएको अवस्थामा छन् । गोरखाबाट काठमाडौँ आउँदै गरेको ना ४ ख २२७० नम्बरको बसलाई पहिरोले पुरेको पुष्टि भएको छ भने चितवनको पुलचोकबाट यात्रु बोकेर काठमाडौँका लागि छुटेको माइक्रोबस पनि पहिरोले पुरेको छ । त्यस्तै अन्य सवारीसाधान पनि पहिरोको चपेटामा परेका छन् । उद्दार कार्यलाई तीव्रताका साथ अघि बढाइएको धादिङका प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।

उनले अत्यावश्यक सवारी साधानलाई सुरुङमार्गबाट काठमाडौं पठाइएको र सडक छिटै सूचारु गर्ने गरी काम भइरहेको जानकारी दिए । सो स्थानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले उद्धार तथा खोजी गरिरहेको छ ।