विराटनगर – कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट जिल्ला प्रहरी कार्यालय सुनसरी सरुवा भएका प्रहरी उपरीक्षक (एसपी) सुमन कुमार तिम्सिनाको बिदाई गरिएको छ । आइतबार कार्यालयको सभाहलमा एक कार्यक्रमको आयोजना गरी तिम्सिनाको बिदाई गरिएको हो ।


ADVERTISEMENT


सो क्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले तिम्सिनालाई आगामी कार्यकालको शुभकामनासहित मायाको चिनो प्रदान गरे ।


ADVERTISEMENT

# # #


कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा, कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरीष्ठ उपरीक्षक भीम बहादुर दाहाल सहित सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृत लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

एसपी तिमल्सिनाले आजै जिल्ला प्रहरी कार्यालय सुनसरीमा आफ्नो कार्यभार सम्हालेका छन् । हिमालय पोष्टसँगको कुराकानीमा एसपी तिमल्सिनाले जिल्लाको शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा जनताको सेवामा ईमान्दारीताका साथ पूर्ण रूपमा आफ्नो ध्यान केन्द्रित गर्ने बताएका छन् ।