काठमाडौं-बुद्धनगरस्थित वैदेशिक रोजगार विभागमा हरेक दिनजसो कुनै न कुनै किसिमको गुनासो तथा उजुरी आइरहन्छन् । एकैदिनमा पनि विभागमा अनेकथरीका गुनासाहरु दर्ता हुन्छन् ।


ADVERTISEMENT


केही दिनअघि विभाग पुग्दा जापानमा वर्किङ भिसामा लैजाने भन्दै प्रतिव्यक्ति ८ लाख ठगिएको, पोल्याण्ड लैजान्छु भन्दै सय जनासँग पैसा उठाएर भागेको भन्दै गुनासो गरेका युवाहरु भेटिएका थिए । विभाग प्राङ्गणको एकतर्फ भेला भएका नवलपरासी, धरान, धनकुटा, सिन्धुली, काभ्रेलगायत देशका विभिन्न ठाउँबाट आएका ५–७ जना युवा आफूहरुलाई काममा लगाइदिन्छु भन्दै भिजिट भिसामा दुबई लगेर एक व्यक्तिले ठगी गरेकोले न्यायको लागि विभागमा आएको बताइरहेका थिए । ठगिनेमा उनीहरुको १७ जनाको समूह रहेछ ।


ADVERTISEMENT

# # #


“यूएईमा मेरो सेक्युरिटी कम्पनी छ, कफी सप छ, काम पाउन कुनै समस्या छैन भन्यो, ६० हजार कमाउन सकिन्छ भन्यो । अब होला भनियो, विश्वास लागेर पैसा दिइयो,” ठगिएका मध्ये एक युवाले भने ।

उनीहरु प्रतिव्यक्ति २ देखि ४ लाख रुपैयाँसम्म बुझाएर भिजिट भिसामा यूएई गएका रहेछन् । तर, यूएईमा ३ महिनासम्म काम खोज्दै बसेको र काम लगाइदिन नसकेपछि भिजिट भिसाको अवधि सकिएर फर्किएको उनीहरुले सुनाए । “हामीले ठगी गर्ने व्यक्तिलाई पक्राउ गरेर पुलिसलाई बुझाएका छौं । उनकी श्रीमतीले मिलापत्र गरौं भनेकाले हामी यहाँ आएका हौं,” ठगिएका मध्ये एक युवाले भने ।

भिजिट भिसाको उजुरी हेर्दैन विभागले
वैदेशिक रोजगार विभागले श्रमस्वीकृति लिएर वर्किङ भिसामा जाने कामदारको गुनासोमात्र सुन्छ, भिजिट भिसााको मुद्दा हेर्दैन । विभागका प्रवक्ता मोहन अधिकारी भन्छन्, “भिजिट भिसा हाम्रो जिम्मेवारी अन्तर्गतको विषय होइन, यसको रेकर्ड पनि हामीले राखेको हुँदैनौं । त्यसैले हालसम्म भ्रमण भिसामा गएर कतिजना ठगिए भन्ने रेकर्ड पनि हामीसँग छैन ।”

तर, काममा लगाइदिन्छु भनेर ढाँटेर भिजिट भिसामा लगेर ठगी गरेको रहेछ भनेचाहिँ त्यस्तो मुद्दामा विभागले आवश्यक सहयोग गर्ने उनले बताए । मिलापत्रको लागि आउनेहरुलाई विभागले सहयोग गरिदिने भन्दै उनले त्यसरी ठगिएकाहरुले प्रहरीमा उजुरी गर्नसक्ने सुझाव दिए ।