काठमाडौं-राप्रपा अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः शपथ ग्रहण गर्नुपर्ने बताएका छन् ।


ADVERTISEMENT


ओलीले बिहीबार प्रधानमन्त्रीको शपथ लिने क्रममा ‘देश’ शब्द उच्चारण गर्न छुटाएको भन्दै थापाले दोहोर्‍याएर शपथ लिन सल्लाह दिएका हुन् ।


ADVERTISEMENT

# # #


पूर्वउपप्रधानमन्त्री थापाले ट्विटरमा लेखेका छन्, ‘प्रम केपी ओलीले शपथमा ‘देश’ शब्द उच्चारण गर्न छुटाउनु भयो । निश्चय नै यो नियतवस होइन । त्यसर्थ राष्ट्रपति समक्ष पुनः शपथ लिई अभिलेख सच्याउन सल्लाह दिन्छु । शपथमा देश छुट्नु राम्रो होइन ।’

अमेरिकी राष्ट्रपति ओवामाले शपथमा सामान्य त्रुटी हुँदा भोलिपल्ट आफ्नै कार्यकक्षमा दोहोर्‍याएर शपथ लिएको उदाहरण पनि उनले दिएका छन् ।