काठमाडौँ – उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विभिन्न सरकारी निकायबाट निर्माण व्यवसायीलाई भुक्तानी हुनुपर्ने रकम चाँडै भुक्तानी गरिने बताएका छन् ।


ADVERTISEMENT


बुधबार सिंहदरबारमा नेपाल निर्माण व्यवसायी महासंघको ज्ञापन पत्र बुझ्दै अर्थमन्त्री पौडेलले निर्माण सम्पन्न भइसकेका आयोजनाहरुको भुक्तानी छिटै दिने बताएका हुन् । उनले प्रक्रियागत कारणले ढिलाई भएको हुनसक्ने भन्दै दशैअघि नै भुक्तानी दिन प्रयास गर्ने बताए ।


ADVERTISEMENT

# # #


पौडेलले संसदले पास गरेको बजेटका लागि निर्माण व्यवसायीले कुनै चिन्ता लिन नपर्ने धारणा राखे । उनले बाढी र पहिरोका कारण ठूलो धनजनको क्षति भएकाले निर्माण व्यवसायी महासंघको सहयोगको अपेक्षा गरे ।

बिगत लामो समयदेखि राज्यले राष्ट्रिय गौरवका आयोजना, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना, संघीयबाट प्रदेश र स्थानीय सरकारमा हस्तान्तरण भएका आयोजना, स्थानीय अस्पताल लगाएतका आयोजनाहरुको निर्माण व्यवसायीहरुलाई भुक्तानी गर्नुपर्ने दायित्व करिव ४५ अर्व रुपैया रहेको महासंघले जनाएको छ ।