काठमाडौँ– ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो) ले सर्वोच्च अदालतको फैसला कार्यान्वयन नगरे अन्तर्राष्ट्रिय निकायमा जाने सरकारलाई चेतावनी दिएको छ ।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर बिगेसोले दसैं–तिहारपछि देशैभरि आन्दोलन गर्ने घोषणा समेत गरेको छ । आजभन्दा २० महिना पहिले सर्वोच्चले अन्यायपूर्ण प्रावधान हटाएर अरु सैनिक सरहको समान सेवा सुविधाका लागि नेपाल सरकारले पहल तथा कार्यान्वय गर्न आदेश दिएको थियो । तर सरकारले कुनै पहल नगरेको उनीहरुको आरोप छ ।
बिगेसोका अध्यक्ष पदम सुन्दर लिम्बुले आफूहरुले अदालतको आदेश कार्यान्वयनको लागि बारम्बार सरकारको ध्यानाकर्षण गराउँदै आएको बताए । लिम्बुले आफूहरुको मात्रै चासोको बिषय नभएर देशको राष्ट्रिय स्वाधिनता र मानव अधिकारसँग सम्बन्धित बिषय भएकाले आफूहरुले कार्यान्वन गराउन कुनैपनि हत्कण्डा अपनाउने चेतावनी दिए ।
पछिल्लो समय गोर्खा सैनिकहरुलाई पनि गैरआवासीय नेपाली नागरिकको स्तरमा झार्नुले पनि यसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रि षड्न्त्रको गन्ध आएकोले सबै चनाखो हुनुपर्ने उनको भनाई छ ।


























































