राहुल गुप्ता, मकवानपुर– प्रहरीले जिल्लाबाट लागूऔषध गाँजा ल्याएको ट्याङर गाडीसहित दुईजनालाई नियन्त्रणमा लिएको छ ।
मंगलबार प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले पालुङबाट वीरगञ्जतर्फ जादैँ गरेको ना ७ ख १७७१ ट्याकंर गाडीलाई चेकजाँच गर्दा ३९२ केजी गाँजा बरामद गरेको हो ।
सोही क्रममा प्रहरीले २६ वर्षीय चालक रोशन पुरी र २२ वर्षीय धन बहादुर मल्ललाई नियन्त्रणमा लिएको छ ।
पक्राउ उनीहरुमाथि थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।