काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनका नाममा संविधान खारेज गर्ने प्रयन्त भइरहेको बताएका छन् ।


ADVERTISEMENT


बुधबार काठमाडौंका सम्पादकहरुसंगको छलफलका क्रममा प्रचण्डले केहिलाई संविधानको उपलव्धी र परिवर्तन मन नपरेको भन्दै संविधान खारेज गर्ने प्रयन्त भइरहेको बताएका हुन् । आफु नेतृत्वको सरकार परिवर्तन गरेर नयाँ सरकार बनाउनुको उद्देश्य संविधान संशोधन नै हो भन्ने आफुलाई नलागेको उनले जनाए ।


ADVERTISEMENT

# # #


आफूहरू संविधान संशोधन, परिमार्जनको विरोधी नभएको भन्दै प्रचण्डले परिवर्तनबिरुद्ध हुने संशोधन भने स्वीकार्य नभएको स्पष्ट पारे । उहाले अहिले देश निकै अप्ठेरो अवस्थामा रहेकाले राष्ट्रिय सहमतिको साथ अघि बढ्नुपर्ने धारणा पनि राखे ।

त्यस्तै प्रचण्डले बेइमानीपूर्वक आफ्नो सरकार ढालेर पहिलो र दोश्रो दल मिलेर सरकार बनाइएको टिप्पणी गरे । सहकारी छानविन समितिको प्रतिवेदन आइसकेको अवस्थामा त्यसलाई कार्यान्वयन गर्ने जिम्मेवारी सरकारको भएको भन्दै उनले सरकारले कार्यान्वयन गर्न नचाहेको जिकिर गरे ।

अध्यक्ष प्रचण्डले यसअघि गठबन्धनमार्फत चूनाव लड्दा माओवादीको अस्तीत्व नै हराउने देखिएकाले अब एक्लै चूनाव लड्ने गरि तयारी गरिरहेको धारणा राखे ।

उनले हालैको प्राकृतिक विपद्मा सरकार तयारी कमजोर भएकाले धेरै धनजनको क्षति भएको बताए । अहिले सरकारलाई गाली गर्ने भन्दा पनि सबै मिलेर संकटको सामना गर्नुपर्ने उनको भनाइ छ ।