काठमाडौँ– माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले डाकेको प्रमुख प्रतिपक्ष दलहरूको बैठक सकिएको छ ।


ADVERTISEMENT


बैठकले सरकारलाई जनसरोकारका विभिन्न विषयमा ज्ञापनपत्र बुझाउने सहमति गरेको माओवादी नेता शक्ति बस्नेतले बताए ।


ADVERTISEMENT

# # #


यसैगरि, बैठकले बाढी पहिरोको पूर्वतयारी, खोज, उद्धार, उपचार र पुनस्स्थापनाको बारेमा सरकारले गम्भीरता र जिम्मेवारीका साथ काम नगरेको निष्कर्ष निकालेको उनले बताए ।

त्यसबाहेक पुनस्थापनामा सरकारको ध्यान नगएको भन्दै यसबारे सरकारलाई ज्ञापनपत्र बुझाउने सहमति भएको उनको भनाई छ । साथै संकटको समयमा कर्मचारीलाई दिने तलब समेत नउठेको समयमा आवश्यक नभएका कर्मचारी कटौतीको विषयमा समेत ध्यानाकर्षण गरिने बताइएको छ ।