काठमाडौँ– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ पर्नसक्ने बताएका छन् ।


ADVERTISEMENT


शुक्रवार उनले डाकेको प्रमुख प्रतिपक्षी दलको बैठकमा उनले सो धारणा सुनाएको एक नेताले बताए । प्रचण्डले तीन दलको बैठकमा भएको छलफलका आधारमा उक्त विश्लेषण सुनाएको उनको राय छ ।


ADVERTISEMENT

# # #


बुधवार टीआरसीबारे छलफल गर्न भन्दै बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली सहित प्रमुख दल नेपाली कांग्रेसर माओवादी शीर्ष नेताहरुको बैठक बसेको थियो । बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबारे समेत छलफल भएको थियो ।

छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्कहरु सुन्दा सरकार रवि लामिछानेविरुद्व कारवाहीमा अगाडि बढ्न खोजेको देखिएको प्रचण्डको भनाई छ । ‘एकदुई दिनमा सामात्न सक्छ भन्ने उहाँको विश्लेषण थियो’, बैठकमा सहभागी एक नेताले सुनाए ।