काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पक्राउविरुद्व विपक्षी दलहरुको साथ खोजेका छन् । शुक्रवार बसेको प्रतिपक्ष दलको बैठकमा सभापति लामिछानेले प्रहरी पक्राउविरुद्ध उभिन प्रस्ताव गरेका हुन् ।


ADVERTISEMENT


लामिछानेलाई उदृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘‘सरकारले फसाउने नियत लियो । मलाई मात्र होइन, भोलि जोसुकैलाई पक्राउ गर्न सक्छ’ आफूलाई जस्तै समस्या भोलि जोसुकैलाई आइपर्ने उनको तर्क दिदैँ उनले यसमा आफूलाई सबैले साथ दिनुपर्‍यो भन्ने निवेदन गरेका हुन् ।


ADVERTISEMENT

# # #


बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ पर्नसक्ने बताएका थिए । प्रचण्डले बिहिवार मात्रै प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए ।

उक्त भेटवार्ताका आधारमा प्रचण्डले रवि लामिछाने पक्राउ पर्न सक्ने बताएका थिए । प्रचण्डको ब्रिफिङमा सहमत लामिछानेले पक्राउ पर्दा आफूलाई साथ दिन बैठकमा सहभागी दलहरुलाई आग्रह गरेपनि यसबारे थप छलफल भने नभएको सो नेताको भनाई छ ।