काठमाडौँ– सहयोगका लागि भन्दै घरमा राखिएको ४ बालिकालाई बन्धक बनाई यौनधन्दामा लगाउने एक महिला पक्राउ परेकी छन् ।


ADVERTISEMENT


पक्राउ पर्नेमा नुवाकोट तादी गाउँपालिका– ३ घर भई हाल कागेश्वरी मनोहरमा बस्दै आएकी ४३ वर्षीय सीता गोतामे रहेकी छन् ।


ADVERTISEMENT

# # #


                                  पक्राउ सीता गोतामे ।

मानव बेचबिखन ब्यूरोका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार, उनले ‘आफ्नो घरमा भाडा माझ्न र सरसफाईको कार्य गरेबापत मासिक २० हजार रुपैयाँ दिन्छु’, भन्दै बालिकाहरुलाई आफ्नै घरमा बस्ने व्यवस्था मिलाएकी थिइन् । तर, गोतामेले उनीहरुलाई बाहिर समेत निस्कन नदिई यौनधन्दामा लगाउने गरेको अनुसन्धानबाट पत्ता लागेको छ ।

त्यसबापत् उनले प्रतिग्राहकसंग १ देखि ३ हजारसम्म लिने गरेको र प्रत्येक दिन ३–४ जना शारीरिक सम्पर्कका लागि बालिकालाई बाध्य पार्ने गरेको अनुसन्धानबाट खुलेको उपरीक्षक मिश्रले जनाए ।

प्रहरीले गोप्य सूचनाका आधारमा गत शुक्रवार बन्धक बनाइएका सबै बालिकालाई उद्दार गरी गोतामेलाई समेत नियन्त्रणमा लिएको छ । हाल पक्राउ गोतामेउपर अदालतको आदेश बमोजिम थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।