काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले मानवअधिकारवादी नेता तथा पूर्व मन्त्री पद्मरत्न तुलाधरको छैटौँ स्मृति दिवसका अवसरमा श्रद्धाञ्जलि अर्पण गरेका छन् ।


ADVERTISEMENT


पद्मरत्न तुलाधर स्मृति प्रतिष्ठानले मंगलबार काठमाडौंको रत्नपार्कमा आयोजना गरेको स्मृतिसभामा प्रधानमन्त्रीले तुलाधरप्रति श्रद्धाञ्जलि अर्पण गरेका हुन् ।


ADVERTISEMENT

# # #


सो क्रममा प्रधानमन्त्री ओलीले शान्ति र मातृभाषाका अभियन्ता तथा साहित्यकारसमेत रहनुभएका तुलाधरको योगदानको चर्चा गरे ।

तुलाधरले आफ्नो जीवन कला संस्कृति र साहित्यमा बितेको भन्दै उहाले राख्नुभएका उदेश्यलाई साकार पार्न सरकार लाग्ने प्रतिवद्धता जनाए ।

बामपन्थी राजनीतिज्ञ तथा मानवअधिकारकर्मी तुलाधरको २०७५ साल कार्तिक १३ गते निधन भएको थियो ।