चितवन– चितवनको भरतपुर महानगर पालिका-१ बागीश्वरीमा तिहारको अवसरमा सामुहिक गौ पुजन गर्ने भएको छ ।


ADVERTISEMENT


योगी नरहरीनाथ गौ सरक्षण केन्द्रले मंगलबार चितवनमा पत्रकार सम्मेलनको आयोजना गरी कार्तिकको १५, १६ र १७ गते लक्ष्मी पुजा गाई पुजा र गोबर्धन पुजाको आयोजना गरीने जानकारी दिएको हो ।


ADVERTISEMENT

# # #


उक्त केन्द्र प्रत्येक वर्ष सामुहिक गौ पुजन गर्दै आएको संयोजक नबराज ढकालले बताए । योगी नरहरीनाथ ब्दारा स्थापीत गौ सरक्षण केन्द्रमा त्रिदिसीय सामुहिक गौ पुजन र संगितमय गौ कथा बाचन गर्ने कार्यक्रम रहेको उनले जनाए ।

उक्त अवसरमा आध्यात्मिक परिषद्का प्रमुख सरक्षक गोरक्षपिठका पिठाधिस योगी श्रृषनाथको उपस्थीतीमा १८ पुराणका व्याख्याता अन्तराष्ट्रिय कथाब्यास गुरु पण्डित कुबेर सुवेदीको प्रमुख आतिथ्यतामा त्रि दिबसीय गौ पुजन र सगितमय गौ कथाको कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

२०३९ साल देखि स्थानीय जातका गाई सरक्षण गर्दै गौ सरक्षण केन्द्रमा २ सय ५० वटा स्थानिय गाईहरु रहेका छन् ।