काठमाडौँ – नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज साँझ साफ महिला च्याम्पियनसिपको उपाधिका लागि बंगलादेशको सामना गर्दैछ । नेपाली टोलीले घरेलू मैदान र दर्शकको फाइदा उठाउँदै पहिलो पटक उपाधि उचाल्ने लक्ष्य राखिरहँदा अखिल नेपाल फुटबल संघ (एन्फा)ले भने रंगशालामा सुरक्षा प्रबन्धमा कठोरता अपनाएको छ ।


ADVERTISEMENT


आज साँझ ६ः३० बजे दशरथ रंगशालामा हुने खेलमा सुरक्षा संवेदनशीलतालाई ख्याल गर्दै एन्फाले दर्शकका लागि रंगशालामा लैजान नमिल्ने सानाको सूची सार्वजनिक गरेको हो । एन्फाका अनुसार रंगशालामा खेल हेर्न जाँदा बन्दुक, छुरा तथा अन्य कुनै पनि धारिला हातहतियार वा औजार, चुरोट, लाइटर, सलाई लैजान पाइने छैन ।


ADVERTISEMENT

# # #


यस्तै मादक वा नशालु पदार्थ, ठूला झोला (साना झोला सुरक्षा जाँचपछि मात्र अनुमति दिइने), मोटरसाइकल हेल्मेट, बिना अनुमतिका ब्यानर, झन्डा, पोस्टर, लैजान नपाइने एन्फाले जनाएको छ ।

यस्तै एन्फाले दर्शकका लागि पानी वा अन्य कुनै चियो पेय पदार्थका बोतल वा क्यान समेत लान प्रतिबन्ध गरेको छ भने लेजर लाइट, छाता, लिप्स्टिक, नेलकटर, कैची, काइयो समेत लिन पाइने छैन ।

आइतबार सेमिफाइनल अन्तर्गत नेपाल र भारतबीचको खेल विवाद हुँदा तनावको स्थिति सिर्जना भएको थियो । रेफ्रीको निर्णयको विरोध गर्दै दर्शकले पानीका बोतल समेत मैदानमा फालेका थिए भने असभ्य नाराहरु लागेपछि रंगशालाको सुरक्षामा प्रश्न पैदा भएको थियो ।

यसबारे दक्षिण एशियाली फुटबल महासंघ (साफ) र एशियाली फुटबल महासंघ (एएफसी)ले एनफालाई फाइनल दर्शक बिना नै खेलाउन वा उचित सुरक्षासहित खेलाउन चेतावनी दिएको थियो ।

दशरथ रंगशालाको क्षमता १५ हजार भए पनि नेपाल र भारतबीचको खेलमा २० हजार दर्शकलाई रंगशालामा प्रवेश दिइएको थियो । रंगशालाको क्षमता भन्दा बढी टिकट बचिएको पाइएपछि एन्फाले टिकट बिक्रेतासँगको सम्झौता रद्द गर्नुपरेको थियो ।

आजको खेलका लागि भने एन्फा आफैले १० हजार टिकट बिक्री गरेको छ ।