काठमाडौँ– सानिमा बैंकका ग्राहकले बिग मार्टमा छुट पाउने भएका छन् ।
डजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न बैंक र बिगमार्ट (मेगा मार्ट प्रा.लि) बीच भएको सम्झौताअनुसार सानिमाका ग्राहकले मार्टमा १० प्रतिशतसम्म छुट पाउने भएका हुन् ।
जसअन्र्तगत ग्राहकले सानिमा भिसा डेबिट/क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १०% वा रु. २०० सम्म छुट प्राप्त गर्न सक्नेछन् । यो अफर कार्तिक १५ देखि कार्तिक १८, २०८१ सम्म लागु हुने बताइएको छ ।


























































