म्याग्दी– म्याग्दीको तातोपानी कुण्डमा प्राकृतिक उपचारको लागि जानेहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको छ ।
म्याग्दी जिल्लाको बेनी नगरपालिका ४ मा रहेको सिंगा तातोपानीमा बिभिन्न रोगको उपचारको लागि सर्वसाधारणहरु पुग्ने गरेका छन् । २०४२ साल भन्दा अगाडी अव्यस्थित रुपमा रहेको तातोपानी कुण्ड २०४५ साल देखि ब्यवस्थित रुपमा बिकास हुदै गए पछी अहिले हजारौको सख्यामा सर्वसाधारणहरु पुग्ने गरेका छन् ।
पहिला माघ फागुन चैतमा मात्र आन्तरिक पर्यटकहरु कुण्डमा आउने गरेकोमा अहिले बार्है महिना तातोपानी कुण्डमा डुबेर बस्न आउने गरेको तातोपानी कुण्ड ब्यबस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले बताए।
उक्त कुण्डमा उपचारको लागि आउनेहरु सग लिएको प्रबेश शुल्कले कुण्ड ब्यबस्थापन कर्मचारी तलब र सोही स्थानमा रहेको सरस्वती माध्यमिक विद्यालय संचालनको लागि खर्च हुने गरेको उनले जनाए ।
कुण्डमा स्नान गर्न आउनेहरु बाट वार्षिक ४० देखि ४५ लाखको हाराहारी रकम उठ्ने गरेको छ । उक्त तातोपानीको पानी परीक्षण गर्दा बिरेनुन गन्धक सहित १२ प्रकारको तत्व रहेको पाईएको अध्यक्ष खड्काले बताए । उक्त पानीमा डुबेर बस्दा ग्यास्ट्रीक बाथरोग ढाड दुख्ने समश्या र छाला लागयत बिभिन्न रोग निको हुने विश्वास रहेको छ ।
तातोपानी कुण्डमा डुबेर बस्दा बिभिन्न रोगको निको हुने सुनेर आएको र डुबेर बस्दा रोग निको हुदै गएको काभ्रेका दिपकराज पन्तले बताए । उक्त कुण्डमा उपचारको लागि बर्षेनी आउने गरेको बाग्लुङका होमनाथ उपाध्यायले जनाए ।
प्राकृतिक सम्पदाको रुपमा रहेको तातोपानी कुण्ड ब्यबस्थापन र सरक्षणको लागि हाल सम्म सरकारबाट सहयोग नभए पनि दाताहरु र स्नान गर्न आउनेहरुबाट उठाइएको प्रबेश शुल्क यसको व्यवस्थापन हुदै आएको छ ।


























































