काठमाडौँ– संघीय संसद, राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको १० दिने औपचारिक भ्रमणका लागि आज अपराह्न्न चीनको छेन्दु प्रस्थान गरेका छन् ।


ADVERTISEMENT


जनवादी गणतन्त्र चीनको जियाङ्सु प्रान्तको राजधानी नानजिङमा आयोजना हुने दोस्रो ग्लोबल साउथ थिंक ट्याङ्क संवादमा भाग लिनका लागि उपाध्यक्ष घिमिरे चीनको छेन्दु प्रस्थान गरेकी हुन् ।


ADVERTISEMENT

# # #


कार्तिक २८ देखि ३० गते सम्म हुने दोस्रो ग्लोबल साउथ थिंक ट्याङ्क संवादमा सम्बोधन गर्ने कार्यक्रम रहेकाले घिमिरे छेन्दु प्रस्थान भएको संघीय संसद सचिवालयका प्रबक्ता एकराम गिरीले जानकारी दिए ।

उपाध्यक्ष घिमिरेले भ्रमणका क्रममा जियाङ्सु, बेइजिङ र हुबेई प्रान्तको भ्रमण गर्ने र जनकंग्रेसका प्रान्तीय पदाधिकारी तथा प्रान्तीय बिशिष्ट पदाधिकारीहरु संग भेटवार्ता गर्नेछिन् । उनी भ्रमण सम्पन्न गरेर मंसिर ६ गते स्वदेश फर्कने कार्यक्रम छ ।

उपाध्यक्ष घिमिरे संगै उनका श्रीमान् दुर्गाप्रसाद आचार्य र स्वकिय सचिव प्रेमबहादुर सिंह पनि भ्रमणमा सहभागी छन् ।