काठमाडौँ– सत्तारुढ एमालेसहित पाँच दलका टोली आज कम्बोडिया पुगेको छ । भ्रमण टोलीमा पाँच दलका १३ जना समावेश छन् ।
एमालेका पूर्वविदेश विभाग प्रमुख राजन भट्टराई र हालका विदेश विभाग प्रमुख रघुवीर महासेठ छन् । अन्य टोलीमा भने कांग्रेसकी नेतृ तथा पूर्व परराष्ट्रमन्त्री सुजाता कोइराला, माओवादीका अग्नी सापकोटा, जनमत पार्टीका अध्यक्ष सीके राउत, राप्रपा नेता उद्धव पौडेललगायत पनि भ्रमण टोलीमा रहेका छन् ।
३ दिनअघि मात्रै सामाजिक अभियन्ता दुर्गा प्रसाईँले कम्बोडियाको एजियाटा कम्पनीमा प्रधानमन्त्री केपी शर्मा ओलीको अर्बाैको लगानी रहेको भन्दै अफवाह फैलाएका थिए । उनको सो भिडियो भाइरल भएपछि प्रसाईँ पक्राउ त परे यद्यपि देशमा अहिले पनि कम्बोडियाको सर्वत्र चर्चा भइरहेको रहेको छ । यसैबीच सरकार नेतृत्व दलसहित अन्य दलका राजनितित्रहरु कम्बोडिया प्रस्थान गरेका हुन् । यद्यपि यो भ्रमण दुर्गा प्रसाईं प्रकरणसँग सम्बन्धित नभएको स्पष्ट छ ।
भट्टराईका अनुसार कम्बोडियामा आजबाट हुने आइसीएपीपी (इन्टरनेसनल कन्फ्रेन्स अफ एसियन पोलिटिकल पार्टीज) को १२ औं अधिवेसनमा भाग लिन उनीहरु त्यहाँ गएका हुन् । भट्टराई उक्त संस्थाको स्थाई समिति सदस्य समेत हुन् ।



























































