काठमाडौं-नेपाल टेलिकमका देशभर जिएसएमका १ करोड ६५ लाख र सिडिएमएका १६ लाख तथा एनसेलका १ करोड ३० लाख प्रयोगकर्ता छन्।


ADVERTISEMENT


तर, ३ लाख ८८ हजार जनसंख्या रहेको कर्णालीमा भने फोन गर्न दुई दिनसम्म हिँड्नुपर्ने छ। हुम्लाका १९ गाउँ टेलिफोन सेवाबाट बञ्चित छन् भने उपल्लो डोल्पाका तीन गाउँपालिकाको धो गाउँमा एउटा फोन छ, जहाँ अन्य गाउँका बासिन्दा दुई दिन हिँडेर टेलिफोन गर्न आउँछन् ।


ADVERTISEMENT

# # #


धो गाउँका बासिन्दाले पनि आफ्नै लगानीमा फोन जोडेका हुन् । मुगुका बासिन्दाले आफन्तसँग एक कल फोन गर्न दुई दिनसम्म हिँड्नु पर्छ।

यहाँका ६० प्रतिशत परिवार अहिले पनि टेलिफोन सेवाको पहुँचबाहिर छन्। ११ वडा रहेको सोरु गाउँपालिकामा नेपाल टेलिकमको एउटा मात्रै टावर छ । त्यसले सीमित ठाउँसम्म मात्र काम गर्ने भएकाले स्थानीय बासिन्दा एक दिनसम्म हिँडेर फोनस्थल पुग्छन् ।

यहाँका दर्जनौं गाउँमा टेलिफोन सुविधा छैन। टेलिफोन सेवा भएका दुईवटा वडामा पनि घरभित्र बसेर सम्पर्क हुँदैन ।,-आजको नयाँ पत्रिकाबाट