काठमाडौँ– जनरल उपेन्द्र द्विवेदीले पोखराको भ्रमण गरेका छन् ।
उक्त अवसरमा पोखरास्थित पेन्सन भुक्तानी कार्यालयको फराकिलो चौरमा भेला भएका नेपालमा बसोबास गर्ने भूतपूर्व गोर्खा सैनिकको ठूलो र्यालीलाई सम्बोधन गरे ।
उक्त समारोहमा उपस्थित वीरता पुरस्कार विजेता एवम् वीर नारीलाई सम्मान गर्दै उनीहरुसंग जनरल उपेन्द्र द्विवेदी र सेना पत्नी कल्याण संघ (भारतीय सेना) की अध्यक्ष सुनीता द्विवेदीले कुराकानी गरे ।
भारतीय सेना प्रमुखले गोर्खा सैनिकहरुको बहादुरीको प्रशंसा गर्दै उनीहरुको साहस र राष्ट्रप्रति समर्पित सेवालाई सलाम गरे ।
जनरल उपेन्द्र द्विवेदीपछि पोखरास्थित नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटरको भ्रमण गरी पृतनापति उपरथी सन्तोष बल्लभ पौड्याल र उनको स्टाफ अफिसरहरुसँग अन्तरक्रिया गरे।