काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा जानुअघि परामर्श सुरु गरेका छन् ।
प्रधानमन्त्रीले ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र मन्त्रीहरुले परामर्श थालेका हुन् ।
छलफलमा बैठकमा पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल, झलनाथ खनाल, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, परराष्ट्रमन्त्री आरजु राणा, प्रधानमन्त्रीको राजनीतिक सल्लाहका विष्णु रिमाल, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायत सहभागी छन् ।
प्रधानमन्त्री ओली मंसिर १७ देखि पाँच दिने चीन भ्रमणका लागि जाँदैछन् । चीन भ्रमणका एजेण्डाबारे सुझाव लिनका लागि प्रधानमन्त्रीले यो बैठक राखेका हुन् ।
प्रधानमन्त्री ओलीले पछिल्लोपटक सत्ता सम्हालेको १०० दिनसम्म पनि भारतबाट भ्रमणको निम्तो नपाएपछि चीन भ्रमणको गृहकार्य सुरु गरेका थिए ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारी भइरहेको बेलामा बीआरआई परियोजनाको विषयमा सत्तारुढ दलहरूबीच मतऐक्यता हुन सकिरहेको छैन । यही बिषयले गठबन्धनमा कुनै समस्या नआओस् भनेर दुवै दलको तर्फबाट गठित उच्चस्तरीय संयन्त्रले काम गरिरहेको छ ।



























































