काठमाडौँ – प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले जस लिने भन्दा बढी काममा विश्वास गर्ने पार्टी भएको बताएका छन् ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले सातौँ सामाजिक सुरक्षा दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले एमाले गफ गर्ने भन्दा काममा विश्वास गर्ने पार्टी भएको बताए । नेकपा एमालेले नयाँ सोचका साथ आजको माग अनुसार पार्टीलाई अघि बढाउने नीति लिएको उनले बताए । जनताको बहुदलीय जनवादले सबैको अनुहारमा उज्यालो ल्याउने ओलीले बताए ।
प्रधानमन्त्री ओलीले सबैका लागि शिक्षा, स्वास्थ्य लगायतका कुरामा ध्यान दिनु पर्ने बताए । त्यसैले एमाले सरकारमा हुँदा वा नहुँदा जनताप्रति जिम्मेवार पार्टी रहेको बताए । नेकपा एमाले सरकारमा हुँदा परिवर्तनका धेरै काम गरेको बताउँदै ओलीले परिवर्तन गर्न खोज्दा गर्न सम्भव रहेको बताए ।
सरोकारवालको प्रतिनिधित्व नभई सरोकारवालाको विषयमा निर्णय गर्ने कुरा गलत भएको भन्दै उनले मजदुरको विषयमा निर्णय गर्ने ठाउँमा ट्रेड युनियनको सहभागिता हुनु पर्नेमा जोड दिए ।



























































