काठमाडौं – छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले २४औं वर्षमा प्रवेश गरेको छ। छिमेकले बुधबार आफ्नो २३औं वार्षिकोत्सव मनाएको हो ।


ADVERTISEMENT


२३औं वार्षिकोत्सवका अवसरमा छिमेकले आफ्नो यात्रामा साथ दिने सदस्य, नियामक निकाय, सञ्चालक, शेयरधनी, कर्मचारी र शुभचिन्तकहरूप्रति कृतज्ञता व्यक्त गरेको छ। २००१ मा स्थापना भई नेपाल राष्ट्र बैंकबाट माइक्रोफाइनान्स बैंकिङ लाइसेन्स प्राप्त गरेको छिमेक लघुवित्तले गरिब र सीमान्तकृत महिलाको आर्थिक पहुँच विस्तार गर्न महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ। प्रारम्भमा महोत्तरी र चितवन जिल्लामा नेबरहुड सोसाइटी सर्भिस सेन्टरको पहलमा सञ्चालन भएको माइक्रोफाइनान्स कार्यक्रमको संस्थागत रूप हो।


ADVERTISEMENT

# # #


छिमेकले गरिब र सीमान्तकृत महिलालाई वित्तीय सेवामा पहुँच पुर्याउनु, बचतको संस्कार प्रबर्द्धन गर्नु, आम्दानी वृद्धि गर्न उत्प्रेरित गर्नु, साना उद्यम विकासमा सहयोग पुर्याउनु, र सदस्यहरूको सामाजिक सुरक्षालाई सुदृढ बनाउने मुख्य उद्देश्य राखेको छ ।

छिमेकले ६९ जिल्लामा फैलिएका १९७ शाखाहरूमार्फत ४ लाखभन्दा बढी गरिब र सीमान्तकृत महिला सदस्यहरूसँग प्रत्यक्ष सम्पर्क स्थापना गरेको छ। स्थापना कालमा १ करोड रुपैयाँको चुक्ता पूँजीबाट सुरु भएको छिमेकले आफ्नो कोर फण्डलाई १८० गुणाले बढाउँदै आजको अवस्थामा पुर्याएको छ।

छिमेकका प्रवर्द्धकहरूमा नबिल बैंक लिमिटेड, ग्लोबल आइएमई बैंक लिमिटेड, हिमालयन बैंक लिमिटेड, नेबरहुड सोसाइटी सर्भिस सेन्टर, र अन्य व्यक्तिगत शेयरधनीहरू समावेश छन्। कम्पनी नेपाल स्टक एक्सचेञ्जमा सीबीबीएलको रूपमा सूचीकृत छ।