काठमाडौँ – एभरेष्ट कलर लिमिटेडद्वारा सर्वसाधारणमा साधारण शेयर (आईपीओ) जारी गर्ने तयारी गरेको छ । नेपालमा नै पहिलो पटक रँग उद्योगको तर्फवाट आईपीओ निष्काशनको प्रक्रिया अघि बढाउनका लागि विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको छ ।


ADVERTISEMENT


एक कार्यक्रमका बिच एभरेष्ट कलरका तर्फबाट प्रबन्ध सञ्चालक श्री सरोज लुईटेल र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री कबिन्द्र ध्वज जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।


ADVERTISEMENT

# # #


एभरेष्ट कलरद्वारा ३ करोड ९० लाख शेयर पूँजी बराबरको ५० रुपैयाँ अंकित दरको ७ लाख ८० हजार कित्ता साधारण शेयर सर्वसाधारणहरुलाई विक्री गर्न लागिएकोे हो । उक्त कम्पनीलाई केयर रेटिङ्गस नेपाल लिमिटेडले केयर–एनपी बीबी माइनस (आईएयस) (डबल बवी माइनस–इस्युअर) रेटिङ्ग प्रदान गरेको छ ।

२०६८ सालमा स्थापना भई एभरेष्ट कलर लिमिटेडले अनुभवी युवाहरुद्धारा नेपाली बजारमा रँग उत्पादन तथा विक्रि वितरण गर्दै आईरहेको छ । गुणस्तरीय कलर उत्पादन गरी आयात प्रतिस्थापन गर्ने, रोजगारीको श्रृृजना गर्ने तथा आन्तरीक राजस्वमा योगदान पु¥याई देशको सेवा गर्ने यस कम्पनीको प्रमुख उद्देश्य रहेको छ ।

आई. एस्. ओ. ९००१ः२०१५ प्रमाणित यस कम्पनीले अन्र्तराष्ट्रिय स्तरको अत्याधुनिक प्रविधि, गुण्स्तरीय कच्चा पदार्थ प्रयोग गरी नेपाली हावापानीमा सुहाउँदो रँग उत्पादनको अनुसन्धान तथा विकास गरी गुणस्तरीय उत्पादन तथा सेवा मार्फत नेपाली रँगको वजारमा आफ्ना उत्पादनहरू उपभोक्ताहरुलाई प्रदान गरी रहेको छ ।

कम्पनीले विभिन्न गुणस्तर तथा प्रकारका बाह्य र आन्तरिक ईमल्सन पेन्ट्स र प्राईमर, ईनामेल पेन्ट्स, काठ र धातु प्राईमर, एक्रेलिक डिस्टेम्पर, आल्युमिनियम पेन्ट्स, वाल पुट्टीङ तथा औद्योगिक पेन्ट्सहरु आदि उत्पादन गर्दै आईरहेको छ । हाल यस कम्पनीद्वारा पूर्वमा फिदिम देखि पश्चिममा धनगढी सम्म २०० भन्दा बढि व्यवसायिक साझेदारीहरु मार्फत आफ्ना उत्पादनहरू विक्रि वितरण गर्दै आईरहेको छ ।