काठमाडौँ– सहकारी रकम अपचलनको मुद्दामा बयान लिनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवन लगिएको छ ।


ADVERTISEMENT


उनलाई मंगलबार काठमाडौंबाट चितवन लगिएको हो । चितवन पुराइएलगतै बयानका लागि लामिछानेलाई जिल्ला सरकारी वकीलको कार्यालय लगिएको छ । चितवनमा साहारा सहकारीको रकम अपचलन गरेको आरोपमा बयानका लागि रविलाई चितवन लगिएको हो ।


ADVERTISEMENT

# # #


उक्त सहकारीबाट रु ४२ करोड रकम पाँचवटा कम्पनीमा गएको प्रहरीले जनाएको छ । हिनामिना भएको रकम मध्ये रु १० करोड ८० लाख गोर्खा मिडिया नेट्वर्कमा गएको देखिएको प्रहरीले जनाएको छ ।

लामिछानेलाई चितवन पुराउदा सुरक्षाका लागि भरतपुर विमानस्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो भने रविका समर्थकहरु विमानस्थल बाहिर पुगेर नाराबाजी गरेपछि प्रहरी र रविका समर्थकबीच धकेलाधकेल समेत भएको थियो ।

चितवन साहारा सहकारीको रकम अपचलनको विषयमा पीडितहरुले पछिल्लो पटक मंसिर ५ गते रास्वपा सभापति लामिछानेसहित १० जनाविरुद्ध पुरक जाहेरी दिएका थिए । मंसिर ७ गते चितवनमा रविबिरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो ।