काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल)को सुरूवातसँगै डिशहोमले एनपीएल का फ्यानहरूलाई लक्षित गर्दै आफ्नो ईन्टरनेट सेवामा आकर्षक अफर सार्वजनिक गरेको छ। कम्पनीले २०० एमबीपीएस र ३०० एमबीपीएस वार्षिक इन्टरनेट प्याकेजहरूमा थप ३ महिनाको बोनससहित निःशुल्क राउटरको अफर ल्याएको छ।
डिशहोमले एनपीएल को डिजिटल स्ट्रिमिङ अधिकार पनि प्राप्त गरेको छ। यसै अवसरमा आफ्नो नयाँ तथा पुराना ग्राहकहरूको लागि यो अफर सार्वजनिक गरिएको हो। पुराना ग्राहकहरूले आफ्नो प्याकेज रिचार्ज गर्दा र नयाँ ग्राहकहरूले इन्टरनेट जडान गर्दा यो अफरको फाइदा लिन सक्नेछन्।
नयाँ जडान गर्न चाहने वा आफ्नो प्याकेज रिचार्ज गर्न चाहने ग्राहकहरूले आफ्नै नजिकको डिशहोमको अधिकारइक डिलरसँग सम्पर्क गरी यो अफरको फाईदा उठाउन सक्नेछन् ।
थप जानकारीका लागि डिशहोम इन्टरनेटको ग्राहक सेवा नम्बर ०१-५९७०३६५ मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।



























































