चितवन– सहकारी रकम दूरुपयोग प्रकरणमा रास्वपा सभापति रवि लामिछानको बयान जारी रहँदा सहकारी पीडितहरुले पनि चितवनमा प्रदर्शन गरेका छन् ।
यतातिर रविको माग गर्दै उनका समर्थकले प्रदर्शन गर्दै गर्दा अर्कातर्फ साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाका पीडितहरुले बचत रकम फिर्ता गर्नुपर्ने भन्दै प्रदर्शनमा उत्रिएका हुन् ।
उनीहरुले गोर्खा मिडियामा गएको ६५ करोड रुपैया फिर्ता गर्नुपर्नेमा राखेका छन् । त्यस्तै उनीहरुले संसदीय छानविन समितिको प्रतिवेदन पूर्ण रुपमा कार्यान्वयन गर्न समेत माग गरेका छन् ।
प्रदर्शनमा सहभागीहरुले आफुहरुको रकम फिर्ताका लागि आवाज उठाउदा राजनीतिक दलको आवद्धताको आरोप लगाएको भन्दै आक्रोश व्यक्त गरेका थिए ।
उनीहरुले जीबी राईलाई पक्राउ गर, हाम्रो बचत रकम फिर्ता गरिदे सरकार लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।



























































