काठमाडौँ – एनएमबि बैंकले २०२४ को यूएन विमेन एशिया–प्यासिफिक डब्ल्यूईपीएस अवार्डमा लैङ्गिक समावेशी कार्यस्थल कायम गर्ने पहलमा विशेष अवार्ड प्राप्त गरेको छ । यो सम्मान लैङ्गिक समानता र सामाजिक समावेशीकरण प्रवर्दन गर्ने एनएमबि बैंकको पहलहरूको सम्मान स्वरुप प्राप्त गरेको अवार्ड हो ।


ADVERTISEMENT


यूएन विमेन र यूएन ग्लोबल द्वारा कार्यस्थल, बजार र समुदायहरूमा महिला सशक्तीकरण गर्दै लैङ्गिक समानता प्रवर्द्धनका लागि विश्वव्यापी मापदण्डहरू निर्धारण गरेको छ । एनएमबि बैंकले ती विश्वव्यापी मापदण्डहरू कार्यान्वयन गर्नकालागि गरको प्रयास स्वरुप उक्त अवार्ड पाएको हो ।


ADVERTISEMENT

# # #


बैँकका ती प्रयासहरुमा ‘सी लिड्स टुमरो स्कोलार्सिप, एनएमबी नेक्स्टजेन बैँकिङ लिडर्स स्कोलार्सिप, महिलाको नेतृत्वमा सबै महिला कर्मचारीद्वारा सञ्चालीत शाखाहरू, महिला नेतृत्व विकाशका कार्यक्रमहरू र सामाजिक समावेशीकरणमा केन्द्रित कर्पोरेट सामाजिक उत्तरदायित्वका गतिविधिहरू रहेका छन् ।

यस अवार्डले एनएमबि बैंकलाई विश्व बजारमा डब्ल्यूईपीएस  अन्तर्गतको यूएन विमेन द्वारा मान्यता प्राप्त पहिलो नेपाली संस्थाको रूपमा उभ्याएको बैँकले जनाएको छ । एसिया–प्यासिफिक देशका ६०० भन्दा बढी आवेदक संस्थाहरू मध्यबाट यो विशेष अवार्ड बैंकलाई प्रदान गरेको हो ।

अवार्डले एनएमबि बैंकलाई निरन्तररुपमा समावेशी र दीगो विकाश गर्ने आफ्नो उद्देश्य प्राप्त गर्दै अघि बढ्न प्रोत्साहान मिलेको बैँकले जनाएको छ । एनएमबि बैंकले हाल देशभर २०१ शाखाहरु, १८७ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।