पोखरा – सहकारी ठगी प्रकरणमा पक्राउ पूर्वगृहमन्त्री एवम् रास्वपा सभापति रवि लामिछानेलाई आज पर्सा लगिने भएको छ ।
पर्साको सानोपाइला सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पनि पक्राउ पूर्जी जारी भएकाले उनलाई पर्सा लैजान लागिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, लामिछानेलाई बुद्ध एयरको विमानबाट पोखराबाट काठमाडौं र काठमाडौंबाट पर्सा लैजान लागिएको हो ।
यसै प्रकरणमा पक्राउ परेका गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशी र रामबहादुर खनाललाई पोखराबाट पर्सा लगिसकिएको छ ।