काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सविरुद्व कर्णाली याक्सले रोमाञ्चक जित हासिल गरेको छ ।
शुक्रबार भएको खेलमा कर्णाली याक्ससँग ७ विकेट गुमाएर लुम्बिनीले ५ रनले चुकेर साँघुरो हार व्यहोरेको हो ।
कर्णालीले दिएको १२९ रनको लष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ७ विकेट गुमाएर १२३ रन मात्र बनाउन सक्यो । डेथ ओभरमा कर्णालीले उत्कृष्ट बलिङ गरेपछि लुम्बिन ५ रनले चुकेको हो ।
यस जितपछि कर्णाली प्लेअ नजिक पुगेको छ । यसअघि नै लिग चरणबाट बाहिरिएको लुम्बिनी भने अनतिम खेलमा पनि पराजित भएको छ ।
लुम्बिनीले लिगको सबै सात खेल खेलिसक्दा यो छैटौं हार हो । लुम्बिनीले एक खेल मात्र जित्न सक्यो ।
लगातार चौथो जित हात पारेको कर्णाली ६ खेलबाट ८ अंक जोडेर तेस्रो स्थानमा उक्लेको छ । अब कर्णालीले लिगको अनतिम खेल आउने सोमबार सुदूरपश्चिम रोएल्ससँग खेल्नेछ ।