कनभारत– प्रधान सेनापति शोक राज सिग्देलले भारतमा तालिमरत अधिकृत क्याडेटहरुको अन्तिम दलेल कवाज निरीक्षण तथा अवलोकन गरेका छन् ।


ADVERTISEMENT


मित्रराष्ट्र भारतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति सिग्देलले हिजो भारतको देहरादुनस्थित भारतीय सैनिक एकेडेमीमा तालिमरत अधिकृत क्याडेटहरुको अन्तिम दलेल कवाजमा प्रमुख अतिथिको रूपमा सहभागी भएका छन् ।


ADVERTISEMENT

# # #


सो अवसरमा उनले अधिकृत क्याडेटहरुद्वारा प्रदर्शन गरिएको अन्तिम दलेल कवाजको निरीक्षण तथा अवलोकन गरे । कार्यक्रममा उनले नवनियुक्त अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुका साथै उनीहरुसँग अन्तरक्रिया समेत गरेका हुन् ।

नेपाली सेनाले वि.सं २०१० सालदेखि भारतीय सैनिक एकेडेमीमा आफ्ना अधिकृत क्याडेटहरुलाई तालिममा सहभागी गराउँदै आएको छ । हालसम्म उक्त एकेडेमीबाट दुईसय भन्दा बढी नेपाली सेनाका अधिकृत क्याडेटहरु दीक्षित भइसकेका छन् ।

१२ देशका अधिकृत क्याडेटहरु तालिमरत उक्त एकेडेमीमा हाल नेपाली सेनाबाट ६ जना अधिकृत क्याडेटहरु तालिमरत रहेका छन् ।