काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सविरुद्ध पोखरा एभेन्जर्सले पहिला फिल्डिङ गर्ने भएको छ ।
टीयु क्रिकेट मैदानमा सुदूरपश्चिमविरुद्ध पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
पोखरा प्लेअफको दौडबाट बाहिरिसकेको छ भने सुदूरपश्चिम प्लेअफ नजिक छ ।